काठमाडौँ- काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ।
आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले जानकारी दिएको छ।
हिजो शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यस आधारमा हिजोभन्दा आज चिसो बढेको छ। शनिबार बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
प्रकाशित: २८ मंसिर २०८२ ७:५५
प्रतिक्रिया



