काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस छ।
हिजो (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो। तर बिहान ८;४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा घट्ने सम्भावना हुन्छ।
प्रकाशित: ३ पुष २०८२ ८:१३
प्रतिक्रिया




