निर्वाचन सम्पन्न गरेर अहिलेको अवस्थालाई निकास दिन आवश्यक छ : राष्ट्रपति

हिमाल प्रेस २६ मंसिर २०८२ १६:०९ | Friday, December 12, 2025
14
SHARES
निर्वाचन सम्पन्न गरेर अहिलेको अवस्थालाई निकास दिन आवश्यक छ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन्।

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकासका लागि तोकिएको समयमा निर्वाचन गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका हुन्।

विभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उनले बताए। उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए।

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए।

कार्यक्रममा सेनानी संघका पदाधिकारीले विभिन्न मागपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए। राष्ट्रपति पौडेलले माग पुरा गर्न आफूसँग कार्यकारी अधिकार नरहे पनि पहल गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २६ मंसिर २०८२ १६:०९ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast