प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको जवाफ : सम्मानजनक व्यवहार हुनुपर्छ नभए अप्रिय परिणाम भोग्नुपर्छ

हिमाल प्रेस ८ पुष २०८२ ६:४४ | Tuesday, December 23, 2025
58
SHARES
प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको जवाफ : सम्मानजनक व्यवहार हुनुपर्छ नभए अप्रिय परिणाम भोग्नुपर्छ

काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै ११ औं महाधिवेशनका प्रत्यासीसमेत रहेका पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

तर नेतृत्वबाट सबैले आत्मसमर्पण नभई समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गर्ने धारणा राखेका छन्। ‘नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ। सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र?,’ उनले प्रश्न गरेका छन्।

रूपान्तपणका लागि निरन्तर बह, छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध नै अहिलेको आवश्यकता भएको उनको बुझाइ छ।

‘महाधिवेशनमा नेतृत्व चयनमा समूहरसमूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुनेरनिर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो। कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्‍याउने विषय नभएर नोक्सान मात्र पुर्‍याउने विषय हुन्। अनावश्यक तरंगित नबनौं,’ उनको आग्रह छ।

पोखरेलले विधि र प्रक्रियाअनुसार गरिएका/भएका संस्थागत निर्णयहरूको निशर्त पालना अहिलेको आवश्यकता भएको बताएका छन्।

‘पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार, पार्टीलाई विभाजित बनाउने कुराको सख्त विरो। सँगसगै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण। यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ। सबै षडयन्त्रहरूलाई पराजित गर्न सकिन्छ र नेकपा एमालेलाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुने छ,’ उनले बताएका छन्।

प्रकाशित: ८ पुष २०८२ ६:४४ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast