अध्यक्षमा हारेका ईश्वर केन्द्रीय सदस्य निर्वाचित

हिमाल प्रेस ३ पुष २०८२ १७:५३ | Thursday, December 18, 2025
86
SHARES
अध्यक्षमा हारेका ईश्वर केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पार्टीको ११ औँ महाधिवेशनमा उनी केपी शर्मा ओलीसँग पराजित भएका हुन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएका पोखरेल भने सपथग्रहण कार्यक्रममा सहभागी भएनन्।

ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत ल्याए। केन्द्रीय सदस्यतर्फ भने उनले १ हजार ८८ मत प्राप्त गरेका छन्।

ओली तेस्रोपटक एमाले अध्यक्षमा निर्वाचिन भएका हुन्। उनले पथ तथा गोपनियताको सपथ लिएका छन्।

ओली र पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा भिडेका थिए। १९ जना पदाधिकारीमध्ये दुई जनाबाहेक सबै ओली प्यानलका निर्वाचित भएका छन्।

पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन्।

प्रकाशित: ३ पुष २०८२ १७:५३ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast