एमाले महाधिवेशन

ईश्वर समूहले टुंग्यायो सबै उम्मेदवार, उपमहासचिवमा योगेशदेखि सचिवमा गोकुलसम्मको नाम

हिमाल प्रेस २९ मंसिर २०८२ १०:२७
36
SHARES
ईश्वर समूहले टुंग्यायो सबै उम्मेदवार, उपमहासचिवमा योगेशदेखि सचिवमा गोकुलसम्मको नाम

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि ईश्वर पोखरेल समूहले पदाधिकारीका उम्मेदवारी टुंगो लगाएको छ। आज बिहान बसेको समूहको बैठकले उम्मेदवार टुंगो लगाएको हो। पोखरेल समूहबाट ४ उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल उम्मेदवार हुनेछन्।

महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे निश्चित भएका छन्। ३ उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरीको नाम टुंगो लागेको छ। स्रोतका अनुसार एक उपमहासचिवको नाम टुंगो लागेपनि बाहिर ल्याइएको छैन। ९ सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, पुरुषोत्तम पौडेल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। आज बेलुका उम्मेदवारी दिने कार्यसूची छ।

यता ओली प्यानलबाट भने अधिकांश नामहरू टुंगो लागेको छैन। महासचिवमा प्रदीप ज्ञवाली र शंकर पोखरेलको दाबेदारीले ढिला भएको जनाइएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा ओली र पोखरेल प्यानलको प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशन केहीदिनदेखि जारी छ।

प्रकाशित: २९ मंसिर २०८२ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast