सम्बन्धनका लागि एक लाख दस्तुर बुझाएकाको छानबिन हुँदै

हिमाल प्रेस २५ मंसिर २०८२ ११:०९ | Thursday, December 11, 2025
20
SHARES
सम्बन्धनका लागि एक लाख दस्तुर बुझाएकाको छानबिन हुँदै

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) मा हुने सम्बन्धन प्रक्रियामा आर्थिक चलखेल वा भनसुनको कुनै ठाउँ नहुने बताएका छन्।

मन्त्री पुनले २०६५ सालदेखि विभिन्न विषयका ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनका लागि आएका निवेदनहरू द्रुतगतिमा छानबिन भइरहेको बताए। निवेदकहरूले निरीक्षणका लागि आवश्यक एक लाख रुपैयाँ दस्तुर समेत बुझाइसकेका छन्। यस विषयमा पनि छानबिन हुने मन्त्री पुनले बिहीबार बताए।

मन्त्री पुनले पूर्ण पूर्वाधार र आवश्यक तयारी पूरा गरेका संस्थाहरूले सम्बन्धन पाउने विश्वास दिलाउँदै फिल्डमा ‘अचानक निरीक्षण’ सुरु भइसकेको जानकारी दिए। निरीक्षण टोली हालै नै विभिन्न स्थानमा खटिएको भन्दै उनले सम्बन्धन चाहने संस्थाहरूलाई तयार रहन आग्रह गरे।

प्रकाशित: २५ मंसिर २०८२ ११:०९ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast