अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

हिमाल प्रेस १ पुष २०८२ १७:१९
18
SHARES
अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापीरूपमा मनाउन सुरु गरेको जनाएको छ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले पुस १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापीरूपमा मनाउन सुरु गरेको जनाएको हो।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले दिवसका अवसरमा पुस ३ गते बिहीबार मूल समारोहका साथै रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगितालगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर दिवस मनाउन व्यवस्थापन समिति गठन गरिएको उनले बताए।

त्यस्तै उनले सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएपछि पुस ८ गतेदेखि लागू हुने गरी श्रमिकको ठगी रोक्ने र सुरक्षालाई ध्यान दिँदै विशेष हेल्प सेन्टर सञ्चालन गर्ने तयारी भएको जानकारी दिए।

सरकारले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको राष्ट्रिय नारा श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन तय गरेको छ।

प्रकाशित: १ पुष २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast