आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कुनै असर गर्दैन : पौडेल

हिमाल प्रेस ३ पुष २०८२ १७:०५
28
SHARES
आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कुनै असर गर्दैन : पौडेल

काठमाडौँ- नेकपा एमालेका नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने बताएका छन्।

पार्टीको ११ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयन भए पनि उनीहरुले आन्तरिक प्रतिष्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइने बताएका हुन्।

एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा लोकतान्त्रिक अभ्यास हुनु स्वभाविक भएको भन्दै यसले पार्टीका कुनै विभाजन नल्याउने बताए।

उनले महाधिवेशनपछि पार्टी अझै सशक्त र एकताबद्ध भएर राष्ट्रका समस्या समाधान गर्न अघि बढ्ने बताए। पौडेलले केन्द्रीय कमिटी समेटिन नसकेकाहरुलाई पनि उचित भूमिका दिइने धारणा राखे।

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङले पार्टीलाई विधि र पद्धतिमा चलाउँदै बलियो ढंगले अघि बढाइने उल्लेख गरे। संगठनात्मक हिसाबका साथै कार्यसञ्चालनमा देखिएका समस्यालाई समेत समाधान गर्न ध्यान केन्द्रीत गरिने उनको भनाइ छ। उनले नेतृत्वका लागि प्रतिष्पर्धा भए पनि सिद्धान्त र विचारमा कुनै मतभेद नरहेको बताए।

त्यसैगरि नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले विगतका कमजोरीलाई सच्चाउँदै जनतालाई विश्वासमा लिएर अघि बढ्ने बताए।

नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाइ सबैको भावना समेटेर अघि बढ्ने बताए। उनले पार्टीभित्रका पक्षधरलाई मापदण्डको आधारमा एकताबद्ध ढंगले समेटेर सुदृढ पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए।

भट्टराईले ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेले पार्टीको लोकतान्त्रिक पद्दतिको आवाज उठाएर गरेको साहसको आफूले सदैव सम्मान गर्ने जिकिर गरे।

प्रकाशित: ३ पुष २०८२ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast