अन्यायको हिसाब गर्न बाँकी नै छ : रवि लामिछाने

हिमाल प्रेस ४ पुष २०८२ १९:१६ | Friday, December 19, 2025
22
SHARES
अन्यायको हिसाब गर्न बाँकी नै छ : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी नै रहेको बताएका छन्। शुक्रबार रिहा भएपछि बुटवलमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अन्यायको हिसाब बाँकी नै रहेको बताएका हुन्।

‘यिनीहरू (पुराना दल) ले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन,’ उनले भने, ‘हिसाब बाँकी नै छ, धेरै कुरा भन्न बाँकी छ, बोल्ने समय आउँदैछ।’

लामिछाने आज (शुक्रबार) रिहा भएका हुन्। बिहीबार नै उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

नख्खु कारागारमा रहेका उनी छुटपूर्जी लिन चितवन हुँदै रुपन्देही पुगेका थिए।

प्रकाशित: ४ पुष २०८२ १९:१६ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast