बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल

हिमाल प्रेस १८ मंसिर २०८२ १७:०६
10
SHARES
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बूढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक संगठन (युनेस्को) सँग बूढानीलकण्ठ विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गरिएको सो नगरका प्रमुख मीठाराम अधिकारीले बताए।

नगरको १२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अधिकारीले नेपाल सरकारको सम्बन्धित निकाय र पक्षसँग सो विषयमा विभिन्न चरणमा कुरा भएको जनाए। उनले अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पालिका सक्रिय भएको बताए।

प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूदलाई प्राथमिकता दिइएको र शिक्षा क्षेत्रको बजेट बढाएर रु १३ करोडसम्म पुर् याइएको जनाउँदै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको बताए। सो पालिकाले ४ जीपीए ल्याउने सामुदायिक विद्यालयलाई रु पाँच लाख र विद्यार्थीलाई रु एक लाख पुरस्कार दिँदै आएको जनाएको छ। नगरपालिकाले नगर अस्पतालबाट दैनिक ३०० भन्दा बिरामीको उपचार गर्दै आएको छ।

स्थापना दिवसका अवसरमा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले विकास, सुशासन र सेवा प्रवाहमा बूढानीलकण्ठ नगरपालिकाले गरेको कामप्रति प्रशंसा व्यक्त गरे। नगरका उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणामुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताए।

प्रकाशित: १८ मंसिर २०८२ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast