काठमाडौँ- बालसाहित्यकार इन्द्र चौधरीको नयाँ बालकथा सङ्ग्रह ‘मेरो पुच्छर खै?’ सार्वजनिक भएको छ। रोल्पामा जारी ३०औं राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकलाई कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, कार्यक्रमका सभापति तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यलगायतले संयुक्त रूपमा गरेका हुन्।
पुस्तकमा पाँचवटा कथा समावेश रहेको लेखक चौधरीले बताए। उनले भने,‘यसमा सङ्ग्रहित पाँचवटा कथाहरू फरकफरक थिममा लेखिएका छन्। सबै कथामा चित्रसमेत रहेकोले बालबालिकाले सजिलै बुझ्न सक्नेछन्।’
सरल भाषामा लेखिएका ती कथाहरूले बालाबलिकामा कौतुहुलतासँगै ज्ञान निर्माणमा भूमिका खेल्ने लेखक भनाइ थियो। उनले भने,‘पुस्तक निकै सरल भाषामा लेखिएको छ। जसले बालबालिकालाई कथाले पढ्दा आनन्द आउने विश्वास लिएको छु।’
उक्त पुस्तक ज्ञानवृक्ष पब्लिकेसनले बजारमा ल्याएको हो।



