बंगलादेशको चटगाँवस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

हिमाल प्रेस ६ पुष २०८२ १५:१२
20
SHARES
बंगलादेशको चटगाँवस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

काठमाडौँ- बंगलादेशको भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाँवस्थित भिसा केन्द्रलाई अनिश्चितकालका लागि बन्द गर्ने जानकारी दिएको छ।

चटगाँवस्थित भारतीय सहायक उच्चायुक्तको निवासमा भएको आक्रमणपछि यो निर्णय लिइएको हो।

‘यो निर्णय चटगाँवस्थित भारतीय सहायक उच्चायोगमा हालै भएको एक सुरक्षा घटनाका कारण लिइएको हो। चटगाँवमा सबै भारतीय भिसासम्बन्धी कामहरू २१ डिसेम्बरदेखि अर्को आदेश नभएसम्मका लागि स्थगित रहनेछन्,’ आईभीएसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

स्थितिको समीमा गरेपछि भिसा आवेदन केन्द्रहरू पुनः खोल्ने सम्बन्धमा जानकारी दिइने आईभीएसीको भनाइ छ।

बंगलादेशको विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बिहीबार राति चटगाँवमा भारतीय उच्चायोगअगाडि मानिसहरूको एक समूहले धर्ना दिएका थिए।

सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा उच्चायुक्तको निवासमा ढुंगा प्रहार गरिएको देखिएको थियो। त्यसपछि प्रहरीले लाठीचार्ज गरी उनीहरूलाई तितरबितर पारेको थियो। प्रहरीले घटनास्थलबाट १२ जनालाई पक्राउ गरेको थियो।

प्रकाशित: ६ पुष २०८२ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast