आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

हिमाल प्रेस ५ पुष २०८२ १५:३८ | Saturday, December 20, 2025
40
SHARES
आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौँ-  नेपालसमेत सहभागी हुने आईसीसी टी–२० विश्वकपका लागि भारतले टोलीको घोषणा गरेको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शनिबार १५ सदस्यीय टिमको घोषणा गरेको हो।
टी–२० विश्वकपका लागि सूर्यकुमार यादव कप्तान हुनेछन् भने यसअघि उपकप्तानको जिम्मेवारी सम्हाल्दै आएका शुभमन गिल टिमबाट बाहिरिएका छन्।

उनको स्थानमा स्पिन बलर एवं ब्याटर अक्षर पटेललाई टिमको उपकप्तान बनाइएको छ। यसबाहेक दक्षिण अफ्रिकाविरूद्धको शृंखलामा स्थान पाएका विकेटकिपर ब्याटर जितेश शर्मा पनि टिमबाट बाहिरिएका छन्।

त्यस्तै हालसालै सैयद मुश्ताक अली ट्रफीमा पाँच सयभन्दा बढी रन बनाएका ईशान किशनले टिममा पुनरागनम गरेका छन्।

बीसीसीआईले विश्वकपका लागि टिममा चार ब्याटर, दुई विकेटकिपर, दुई स्पिन अलराउन्डर, दुई तीव्र गतिका बलर र दुई स्पिनरलाई स्थान दिएको छ।

७ फेबु्रअरी २०२६ देखि सुरू हुने टी–२० विश्वकपका खेलहरू भारत र श्रीलंकामा हुनेछन्।

यस्तो छ भारतीय टोली

सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंह, सन्जु सैमसन (विकेटकिपर), ईशान किसन (विकेटकिपर), शिवम दुबे, हार्दिक पाञ्ड्या, वाशिंगटन सुन्दर, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रित बुमराह, हर्षित राणा, कुलदीप यादव र वरुण चक्रवर्ती

विश्वकपमा सहभागी हुने कुल २० टोलीलाई चार समूहमा बाँडिएको छ। समूह ‘ए’ मा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स र पाकिस्तान रहेका छन्। त्यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान छन्। समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्टइन्डिज, बंगलादेश, इटली र नेपाल रहेका छन्।समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र यूएई रहेका छन्।

प्रकाशित: ५ पुष २०८२ १५:३८ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast