उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

हिमाल प्रेस ३ पुष २०८२ १२:३७ | Thursday, December 18, 2025
26
SHARES
उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ- हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका-२ र ५ मा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ।

नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीमा परीक्षण गर्दा झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम खोकी, ३० प्रतिशत र मधुमेहका बिरामी १५ प्रतिशत रहेको मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.प्रकाशराज रेग्मीले जानकारी दिए।

त्यस्तै, जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ। उनका अनुसार १५ वटा विद्यालयका झण्डै दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २० जनामा मुटुरोगको समस्या रहेको र तीमध्ये चारजनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ।

शिविरमा बिरामीको इको तथा इसिजी परीक्षण गरिएको थियो भने लोमस फर्माबाट उपलब्ध गराइएको करिब पाँच लाख मूल्यका औषधी वितरण गरिएको थियो।

शिविरमा डा.उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले परीक्षण गरेका थिए।

प्रकाशित: ३ पुष २०८२ १२:३७ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast