५ महिनामा २० अर्ब १४ करोडको आयात

हिमाल प्रेस ८ पुष २०८२ ६:५६ | Tuesday, December 23, 2025
12
SHARES
५ महिनामा २० अर्ब १४ करोडको आयात

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन्।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ। उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृंगारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन्।

कार्यालयको तथ्यांक अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट छ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व संकलन भएको छ।

प्रकाशित: ८ पुष २०८२ ६:५६ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast