फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

हिमाल प्रेस १ पुष २०८२ १५:३२ | Tuesday, December 16, 2025
18
SHARES
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकीकरण कार्यक्रममा नेता पुनले ६ महिनाभित्र ताजा जनादेशमा जाने गरी निर्वाचन गर्ने म्याण्डेटसहित वर्तमान सरकार गठन भएकाले तोकिएकै समयमा निर्वाचन हुन नसके सरकारको औचित्य नै समाप्त हुने बताएका हुन्।

तोकिएको निर्वाचनलाई सार्ने छुट समेत वर्तमान सरकारलाई नभएको उनको भनाइ छ। पुनले संविधानबाट बाहिर गएर राजनीतिक दलहरूको सहमतिमा वर्तमान सरकार गठन भएकाले निर्वाचनको मिति सारिए संविधान थप मिचिने जिकिर गरे।

उनले सरकार र जेनजीबीच भएको १० बुँदे सहमतिमा केही कुरा राम्रा र केही कुरा सरकारको म्याण्डेटभन्दा बाहिर रहेको बताए। अहिले केही जेनजी युवाहरूले संसद् आवश्यक रहेको धारणा राख्ने गरेको भन्दै उनले जेनजी आन्दोलनपछि अपरिपक्व ढंगले हतारमा विघटन गरिएको जस्तो देखिएको उल्लेख गरे। पुनले जेनजी युवाहरूले उठाएका जायज मागलाई नेपाली कम्युनिस्ट पार्टीले अघि बढाउने स्पष्ट पारे।

प्रकाशित: १ पुष २०८२ १५:३२ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast