एनपीएल सफलतापूर्वक समापन गरेकोमा क्यानलाई आईसीसीको बधाई

हिमाल प्रेस २९ मंसिर २०८२ ६:३२ | Monday, December 15, 2025
8
SHARES
एनपीएल सफलतापूर्वक समापन गरेकोमा क्यानलाई आईसीसीको बधाई

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सफलतापूर्वक समापन भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बधाई दिएको छ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले आइतबार नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै बधाई दिएको हो। ‘नेपाल प्रिमियर लिगको सफल योजना र कार्यान्वायनका निम्ति म नेपाल क्रिकेट संघलाई न्यानो बधाई दिन चाहन्छु,’ आईसीसीको पत्रमा उल्लेख छ।

नेपाली फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलको दोस्रो संस्करणले शनिबार नयाँ च्याम्पियन पाएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म सञ्चालन भएको थियो।

प्रकाशित: २९ मंसिर २०८२ ६:३२ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast