निर्वाचन आयोगमा खर्च विवरण पेस गरिसकेको छु : एमाले सचिव राई

हिमाल प्रेस १६ पुष २०८२ १३:२०
18
SHARES
निर्वाचन आयोगमा खर्च विवरण पेस गरिसकेको छु : एमाले सचिव राई

काठमाडौँ- नेकपा एमालेका सचिव शेरधन राईले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा पेस गरिसकेको बताएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट उम्मेदवार बनेका राईले आफ्नो नाम जोडेर भ्रमपूर्ण समाचार र प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका हुन्।

आज सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगमा बुझाएको खर्च विवरणसमेत सार्वजनिक गर्दै उनले आफूले कानुनअनुसार समयमै विवरण पेस गरेको बताए।

‘गत निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण पेस नगरेको र सार्वजनिक नगरेको भनी मेरो नाममा सम्प्रेषण गरिएको समाचार र प्रचारबाजी सत्य नभएको जानकारी गराउँदछु,’ राईले लेखेका छन्।

उनले आफूबाट कहिल्यै कानुनी सीमा र प्रबन्ध उल्लंघन हुने काम नभएको दाबी गरेका छन्। ‘आफूबाट कहिल्यै कानुनी सीमा र प्रबन्धमा चुक्ने कार्य भएको छैन र आगामी भविष्यमा पनि हुने छैन,’ उनको भनाइ छ।

प्रकाशित: १६ पुष २०८२ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast