सुनचाँदीको मूल्यमा एकैदिन भारी वृद्धि

हिमाल प्रेस २६ मंसिर २०८२ ११:०८ | Friday, December 12, 2025
6
SHARES
सुनचाँदीको मूल्यमा एकैदिन भारी वृद्धि

काठमाडौँ- बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु १०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु तीन हजार ९०५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: २६ मंसिर २०८२ ११:०८ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast