शिक्षा नीतिका कारण नेपालबाट ठूलो पूँजी पलायन : विनोद चौधरी

हिमाल प्रेस ४ पुष २०८२ १८:३१
24
SHARES
शिक्षा नीतिका कारण नेपालबाट ठूलो पूँजी पलायन : विनोद चौधरी

काठमाडौँ- विद्यार्थीहरू विदेश पढ्न जाने चाहना बढ्दै जाँदा त्यसकै कारण नेपालबाट ठूलो मात्रामा पूँजी बाहिरिँदै गएको सिजी ग्रुप ग्लोबलका अध्यक्ष विनोद चौधरीले बताएका छन्। उनले नेपालमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण नबन्दा अभिभावकहरू बाध्य भएर सन्तानलाई विदेश पठाउनु परेको बताए।

शुक्रबार ब्लु प्याभिलियन हल, प्रदर्शनी मार्गमा चन्दबाग स्कुलको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पछिल्लो समय छोराछोरीले आमाबुबालाई जे जस्तो दुःख गरेर भए पनि विदेश पढ्न पठाइदिन आग्रह गर्ने अवस्था सिर्जना भएको बताए।

‘छोराछोरीले आमाबुबालाई जे जस्तो दुःख गरेर भए पनि मलाई विदेश पढ्न पठाइदिनुस् भन्न थाले। अनि जे गर्न पर्छ म आफैँ गरिहाल्छु भन्छन्। आमाबुबाले जे जस्तो गरेर पनि रहर पुर्‍याइ दिनुपर्‍यो,’ उनले भने।

सरकारी नीतिका कारण नेपालमै अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्था भित्र्याउन नसकिएको उनले बताए। उनका अनुसार क्यानडा, अस्ट्रेलिया, भारतजस्ता देशका शैक्षिक संस्थालाई नेपालमै ल्याएर सबैको पहुँचमा शिक्षा पुर्‍याउनुको सट्टा विद्यार्थी विदेश पठाउँदा झण्डै डेढ सय अर्ब रुपैयाँ देशबाहिर गएको छ।

अध्यक्ष चौधरीले विश्वका अग्रणी विश्वविद्यालयहरू अन्तर्राष्ट्रिय सहकार्यका लागि तयार रहे पनि नेपालमा त्यसका लागि आवश्यक ढोका नखुलेको बताए। ‘हार्भर्डदेखि अक्सफोर्डसम्मका विश्वविद्यालयहरू विश्वभर फैलिएका छन्। तर नेपालमा भने मन्त्रालयका ढोका बन्द छन्। यहाँको सिस्टामले शिक्षा भित्र्याउन होइन, छेक्न दिनरात काम गरिरहेको छ,’ उनको भनाइ थियो।

यो पनि

चन्दबाग स्कुलको वार्षिकोत्सव (तस्बिरहरू)

नेपालमै विदेशी डिग्री, घटेनन् बिदेसिने विद्यार्थी

प्रकाशित: ४ पुष २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast