प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड महोत्तरी ४ बाट सिफारिस

हिमाल प्रेस ९ पुष २०८२ ६:५७ | Wednesday, December 24, 2025
20
SHARES
प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड महोत्तरी ४ बाट सिफारिस नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी जिल्लाको क्षेत्र नं ४ बाट उम्मेदवार सिफारिस भएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस भएको नेकपाले जनाएको छ।

सो क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रचण्डसहित दुई जनाको नाम सिफारिस भएको हो।

क्षेत्रीय भेलाले पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नाम सिफारिस गरेको क्षेत्रीय समितिले जनाएको छ। समानुपातिकतर्फ अरबिन्द दास लगायत पाँच जनाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित ४ जनाको नाम सिफारिस गरिएको छ।

 

प्रकाशित: ९ पुष २०८२ ६:५७ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast