ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार लप्सेटारका स्थानीय दर्शन हेल्लोक लिम्बूको घर जलेर नष्ट भएको छ । ढुङ्गा, माटो, काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको लिम्बूको घर आगलागीले नष्ट भएको उपाध्यक्ष साम्राले जानकारी दिए।
उनका अनुसार आगलागीबाट घरमा रहेको खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण बिहीबार बिहान मात्र संकलन गरिने उनको भनाइ छ । यता आगलागीको कारण खुलिनसकेको उहाँले बताए।
प्रकाशित: १० पुष २०८२ ६:५८
प्रतिक्रिया




