विद्युत् प्राधिकरण फर्किँदै हितेन्द्र

हिमाल प्रेस २४ मंसिर २०८२ ९:२०
10
SHARES
विद्युत् प्राधिकरण फर्किँदै हितेन्द्र

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणमा पुनर्बहाली भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज बिहान १० बजे पदबहाली गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतले उनलाई प्राधिकरणमा पुनर्बहाली गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेकोथियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

प्रकाशित: २४ मंसिर २०८२ ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast