सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति?

हिमाल प्रेस ९ पुष २०८२ ११:२२ | Wednesday, December 24, 2025
20
SHARES
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति?

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

हिजाे मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रुपैयाँ बढी हो।

आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रुपैयाँ बढेको हो।

प्रकाशित: ९ पुष २०८२ ११:२२ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast