बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न तुलसीपुर उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ।
सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न आदेश दिएको हो।
अब सो बराबरको रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्। लामिछानेलाई पुर्पक्षका लागि नख्खु कारागार राखिएको छ। यो आदेशपछि उनी रिहा हुनेछन्।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि साउन २६ गते जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्लाको आदेश बदर गरी पुर्पक्षका लागि तारेखमा राख्न पाउँ भनी उच्चमा निवेदन दर्ता भएको थियो।





