रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

हिमाल प्रेस ३ पुष २०८२ १६:५८ | Thursday, December 18, 2025
36
SHARES
रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश फाइल तस्बिर।

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न तुलसीपुर उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ।

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

अब सो बराबरको रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्। लामिछानेलाई पुर्पक्षका लागि नख्खु कारागार राखिएको छ। यो आदेशपछि उनी रिहा हुनेछन्।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि साउन २६ गते जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले  रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेश बदर गरी पुर्पक्षका लागि तारेखमा राख्न पाउँ भनी उच्चमा निवेदन दर्ता भएको थियो।

प्रकाशित: ३ पुष २०८२ १६:५८ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast