पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

हिमाल प्रेस ६ पुष २०८२ ८:२७ | Sunday, December 21, 2025
8
SHARES
पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ- विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरु भएको छ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा कर्मचारी, भक्तजन र स्थानीयवासीलगायतको सहभागितामा सम्पदा सफाइ अभियान सुरु गरिएको हो।

यस क्रममा शनिबार कोषका पदाधिकारी र कर्मचारीद्वारा विश्वरुपा र मृगस्थली क्षेत्रमा सफाइ गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिए। सफाइका क्रममा त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिकलगायत फोहर व्यवस्थापन गरिएको उनले सुनाए।

सफाइमा कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारी, भक्तजन र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित: ६ पुष २०८२ ८:२७ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast