तराईमा बढ्दैछ हुस्सु र कुइँरो

हिमाल प्रेस ८ पुष २०८२ ६:२० | Tuesday, December 23, 2025
18
SHARES
तराईमा बढ्दैछ हुस्सु र कुइँरो वीरगञ्जको घण्टाघरचोकमा लागेको बाक्लो हुस्सु र कुहिरोले छोपिएको घण्टाघर। चिसो बढेसँगै यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ। तस्बिर : हिमाल लम्साल/रासस

काठमाडौँ- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

 

प्रकाशित: ८ पुष २०८२ ६:२० | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast