ज्ञानेन्द्र मल्ल पनि रास्वपाका समानुपातिक सूचीमा

हिमाल प्रेस १५ पुष २०८२ ८:०७ | Tuesday, December 30, 2025
12
SHARES
ज्ञानेन्द्र मल्ल पनि रास्वपाका समानुपातिक सूचीमा

काठमाडौँ- क्रिकेटर एवं नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूचीमा समेटेको छ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा मल्लको नाम आदिवासी जनजातिको पुरुषतर्फ पाँचौँ नम्बरमा छ।

सोमबार मध्यराति रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहका प्रतिनिधिलाई पनि समेटेर निर्वाचन आयोगमा ११० जनाको नामावली बुझाएको छ। लामो समय राष्ट्रिय टोलीबाट क्रिकेट खेलेका ज्ञानेन्द्र अहिले राष्ट्रिय टोलीका सहायक प्रशिक्षक छन्।

 

प्रकाशित: १५ पुष २०८२ ८:०७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast