सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन : कोइराला

हिमाल प्रेस ४ पुष २०८२ १५:०९ | Friday, December 19, 2025
32
SHARES
सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन : कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ स्थित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताए।

‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ उनले भने,‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर, सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका जन्मएिको छ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो। ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्, यसबारे सरकारले के सोचेको छः’ कोइरालाले प्रश्न गरे।

लोकतन्त्रको जग निर्वाचन नै भएको भन्दै उनले निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिए।

प्रकाशित: ४ पुष २०८२ १५:०९ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast