काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्।
किताब यात्रा फाउन्डेसनले नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन्।
‘संवेदनशील समयमा सरकारमा सहभागी छौं। मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायित्व सबैको काँधमा छ। यसतर्फ हामी सबैको ध्यान जाओस्। सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ,’ उनले भने।
उनले किताब जात्राले पठन संस्कृतिको विकासमा योगदान पुर्याएको भन्दै प्रसंसा गरे। उनले शिक्षाभन्दा ठूलो संसारमा केही नभएकाले कोही पनि शिक्षाबाट बञ्चित हुन नहुने बताए।
प्रकाशित: २५ मंसिर २०८२ १३:३८ | Thursday, December 11, 2025
प्रतिक्रिया





