काठमाडौँ- सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो। आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ। योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित: १५ पुष २०८२ ११:०७
प्रतिक्रिया




