सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार नाघ्यो

हिमाल प्रेस १३ पुष २०८२ ११:१७ | Sunday, December 28, 2025
20
SHARES
सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार नाघ्यो

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत शुक्रबार पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो।

आइतबार सुनको मूल्य बढेर प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रुपैयाँ बढी हो।

आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार पाँच सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १३ पुष २०८२ ११:१७ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast