बादललाई गोकुल बास्कोटाको कटाक्ष : रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भनेछन् पटके समानुपातिकले

हिमाल प्रेस १६ पुष २०८२ १०:०४ | Wednesday, December 31, 2025
26
SHARES
बादललाई गोकुल बास्कोटाको कटाक्ष : रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भनेछन् पटके समानुपातिकले निवर्तमान प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पटकपटक समानुपातिकमा बस्न रुचाउने नेताहरूले कांग्रेस-एमाले मिल्दा पनि चुनाव लड्न किन डराउनु परेको भन्दै कटाक्ष गरेका छन्।

उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो। अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।’

उनले शक्तिशाली र लोकप्रिय भन्नेहरु पटकपटक समानुपातिकमा बसेर समावेशीताकै बेइजत भएको र यसमा पुरुष नेताहरु अझ बढी देखिएको उल्लेख गरेका छन्।

एमालेले बुझाएको समानुपातिकको बन्दसूचीमा पदाधिकारीबाट उपाध्यक्ष रामबहादुर थापा बादलको पनि नाम परेकोमा एमालेजनमै असन्तुष्टि छ। उनै थापाले मंगलबार काठमाडौँमा भएको एउटा कार्यक्रममा यसपालि कांग्रेस–एमालेले आधा आधा सिट बाँडेर चुनाव लड्न सक्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: १६ पुष २०८२ १०:०४ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast