काठमाडौँमा जेनजी समूहको प्रदर्शन [तस्बिरहरू]

रमेश दवाडी ७ पुष २०८२ ११:५०
26
SHARES
काठमाडौँमा जेनजी समूहको प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- जेनजीको एउटा समूह सोमबार काठमाडौँको माइतीघरमा सरकारविरोधी प्रदर्शनमा उत्रिएको छ। मिराज ढुंगाना, रविकिरण हमालसहितकका जेनजी समूह संयुक्त जेनजी आन्दोलन घोषणा गरेर प्रदर्शनमा उत्रिएको हो। प्रदर्शनका कारण माइतीघर क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

जेनजी समूह अनुमति नलिईकनै सडकमा उत्रिएको भन्दै प्रहरीले रोक्ने प्रयास गरेको छ। प्रदर्शनकारी सडकमा उत्रिएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। प्रदर्शनमा उत्रिएकाहरूले राजतन्त्रका पक्षमा पनि नारा लगाइरहेका छन्। प्रहरीले प्रदर्शनकारीलाई माइतीघर छाड्न माइकिङ गरिरहे पनि प्रदर्शनकारी सडकमै छन्।

प्रहरीले स्थानीय प्रशासनको अनुमति लिएर मात्रै प्रदर्शन गर्न माइकिङ गरेको छ।

सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम नगरेको भन्दै मिराज ढुंगानाको समूहले आन्दोलनको घोषणा गरेको हो। समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको छ।

   

प्रकाशित: ७ पुष २०८२ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast