१० बुँदे सम्झौतामा जेनजी समूहको विरोध

हिमाल प्रेस २५ मंसिर २०८२ २०:३५ | Thursday, December 11, 2025
18
SHARES
१० बुँदे सम्झौतामा जेनजी समूहको विरोध

काठमाडौँ- जेनजी समूहका युवाहरुले सरकारले व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता गर्नुपर्ने जनाएका छन्।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एउटा समूहको दबाबमा गरिएको सम्झौता स्वीकार्य नहुने भन्दै व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता गर्नुपर्ने जनाएका हुन्।

पत्रकार सम्मेलनमा जेनजी समूहका प्रतिनिधि अजय सोडारीले जनेजी आन्दोलन चुनावका लागि नभइ मुलुकको परिवर्तनका लागि भएकाले सम्झौतामा आफूहरुको सहमति नभएको बताए। उनले सहमतिको मस्यौदाले परिवर्तनको रापलाई छेक्ने काम गर्ने भन्दै अव्यवहारिक सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।

त्यस्तै जेनजी प्रतिनिधि रवि किरणले जेनजीसँग बुधबार भएको १० बुँदे सम्झौलाई स्वीकार गर्न नसकिने बताए। उनले जेनजी आन्दोलनको म्याण्डेटअनुसार अघि बढ्न र सहिद तथा घाइते परिवारको आवाज सुन्न आग्रह गरे।

त्यस्तै अन्य प्रतिनिधिहरुले वर्तमान सरकार छोटो समयका लागि गठन भएकाले उक्त सम्झौता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए। उनीहरुले सर्वपक्षीय छलफल गरेर निचोडमा पुग्न सरकारलाइ सुझाव समेत दिएका छन्। सरकार र जेनजी प्रतिनिधिबिच बुधबार १० बुँदे सहमति भएको थियो।

सम्झौता हुँदै गर्दा समेत केही युवाहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा नै विरोध जनाएका थिए।

प्रकाशित: २५ मंसिर २०८२ २०:३५ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast