नेपाल इन्स्योरेन्स कम्पनीको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न

हिमाल प्रेस २१ मंसिर २०८२ २१:०४
2
SHARE
नेपाल इन्स्योरेन्स कम्पनीको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौँ- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको दुईदिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा नेपाल बिमा प्राधिकरणका प्रतिनिधिसहित जीवन, निर्जीवन, लघु तथा पनर्बीमा कम्पनीहरू र सर्भेयरसँग सम्बन्धित २५ संस्थाका २८ टिमले सहभागिता जनाए।

दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी द्वितीय र हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड तृतीय भए।

विजयी टिमका खेलाडीहरूलाई कम्पनी सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाणपत्र, पदक तथा शिल्ड प्रदान गरे।

व्यक्तिगत विधातर्फ बेस्ट गोलपिकर रोमन सिंह (नेपाल माइक्रो इन्स्योरेन्स), बेस्ट डिफेन्डर सुनिल थापा (हिमालयन एभरेस्ट इन्स्योरेन्स), उच्च स्कोरर दिनेशकुमार सिंह (हिमालयन एभरेस्ट इन्स्योरेन्स) र प्लेयर अफ द टुर्नामेन्ट युकेश तामाङ (नेको इन्स्योरेन्स) चयन भए।

त्यस्तै प्रतियोगितामा अनुशासित, मर्यादित र निष्पक्ष खेल सुनिश्चित गर्ने रेफ्री तथा खेल सञ्चालनका लागि आवश्यक व्यवस्थापन उपलब्ध गराउने सामाखुसी फुटसललाई कम्पनीका अध्यक्ष साउदले मायाको चिनो प्रदान गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast