वीरेन्द्रनगरमा ज्येष्ठ नागरिकमैत्री मानवसेवा आश्रम भवन शिलान्यास

हिमाल प्रेस १९ मंसिर २०८२ १३:३८
20
SHARES
वीरेन्द्रनगरमा ज्येष्ठ नागरिकमैत्री मानवसेवा आश्रम भवन शिलान्यास

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा मानवसेवा आश्रमको भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तथा आश्रम विकास समितिका प्रतिनिधिहरूको सहभागितामा शिलान्यास सम्पन्न भएको हो।

निर्माण हुन लागिरहेको प्रदेश भवनको कुल लागत अनुमान २ करोड ५० लाख रुपैयाँ रहेको छ। यसमध्ये चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचानलाई देशभर जोड्ने परियोजना भएकाले सामुदायिक सहभागिता र सहयोग आवश्यक रहेको बताए। आश्रम निर्माणले सामाजिक सद्भाव र एकता प्रवर्द्धन हुने विश्वास उनले छ।

वीरेन्द्रनगर चक्रपथ निर्माण कार्य प्रक्रियामा रहेको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले समुदायलाई नियमित रूपमा यसको प्रगतिबारे अवगत गराइरहेको बताए। आश्रम भवन निर्माण गुणस्तरीय तरिकाले र तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई उनले आग्रह गरे।

सामाजिक विकासमन्त्री भण्डारीले कर्णालीलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा गरिएको बताउँदै कर्णालीको विविध भूगोलअनुसार अन्य जिल्लाहरूमा पनि आश्रमको संरचना विस्तार गरिने जानकारी गराए।

मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा.नवराज केसीले भवन निर्माणका लागि महायज्ञमार्फत संकलित दान रकमको सदुपयोगका लागि सबैको सहकार्य अनिवार्य रहेको बताए।

डा.केसीले आश्रम भवन समयमै निर्माण सम्पन्न गर्न थप सहयोगका लागि अपिल गरे। साथै, भवन निर्माण स्थल नजिकै धार्मिक पार्क निर्माणका लागि मुख्यमन्त्री र मन्त्रीसमक्ष आग्रह गर्दै उनले सो क्षेत्रलाई ज्येष्ठ नागरिकहरूका लागि सामुदायिक मनोरञ्जनको आकर्षक स्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।

प्रकाशित: १९ मंसिर २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast