बंगलादेशले गुमायो पहिलो महिला प्रधानमन्त्री

हिमाल प्रेस १५ पुष २०८२ ११:१६ | Tuesday, December 30, 2025
30
SHARES
बंगलादेशले गुमायो पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ- बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। ८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो। उनको निधन भएको बीएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो।

बीएनपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको सन्देशमा बिहान करिब ६ बजे, फज्रको नमाजपछि केही समयमै खालिदा जियाको निधन भएको उल्लेख छ। उनी पछिल्ला केही महिनादेखि अस्वस्थ थिइन् र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन्।

गत २५ डिसेम्बरमा उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए। उनको स्वदेश फिर्तीको पाँच दिन नबित्दै खालिदा जियाको निधन भएको हो। ४ दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्या पछि राजनीतिमा प्रवेश गरेकी थिइन्।

सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उनले बिएनपीको नेतृत्व सम्हालेकी थिइन्।

प्रकाशित: १५ पुष २०८२ ११:१६ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast