‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गरिँदै

हिमाल प्रेस १४ पुष २०८२ १९:३९ | Monday, December 29, 2025
4
SHARES
‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गरिँदै

काठमाडौँ- अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको छ।

उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौँ उपत्यकाभित्र लागू गरिने जनाइएको छ। अध्यागमनले आज (सोमबार) कार्यक्रम आयोजना गर्दै उक्त प्रणालीलाई व्यवस्थित रुपमा कसरी लागू गर्न सकिन्छ? भनेर सम्बन्धित संघसंस्था र निकायहरुबीच सुझाव लिएको थियो।

अध्यागमनका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले विशेष कार्यक्रम आयोजना गरी प्रणाली उद्घाटन गरिने बताए। उनले यसका लागि आवश्यक संघसंस्थाहरुसँग सुझाव लिएको बताए।

यस प्रणालीलाई पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्यरूपमा लागू गरिनेछ। दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना छ।

यस सूचना प्रणाली कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ। यो प्रणाली कार्यान्वयनका लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको सङ्ख्या न्यून रहेकाले यथाशीघ्र आबद्धताका लागि अनुरोध गरिएको पनि प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित: १४ पुष २०८२ १९:३९ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast