एमाले केन्द्रीय कमिटी बैठकका पाँच निर्णय

हिमाल प्रेस ४ पुष २०८२ १६:३६ | Friday, December 19, 2025
34
SHARES
एमाले केन्द्रीय कमिटी बैठकका पाँच निर्णय

काठमाडौँ– नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले विभिन्न पाँच निर्णय गरेको छ। एघारौँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित भएपछि शुक्रबार बसेको पहिलो बैठकले पार्टीको कार्यविभाजन सचिवालयले गर्ने गरी अनुमोदन गरेको केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

बैठकले केन्द्रीय कमिटीका पूर्व सदस्यहरु तथा केन्द्रीय निकायका पूर्व सदस्यहरु रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ।

यसैगरी बैठकले महाधिवेशनमा सघाउने सबैप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ।

महाधिवेशनद्वारा परिवर्तित विधान प्रकाशित गर्ने अधिकार सचिवालयलाई प्रदान गर्ने निर्णय भएको उनले बताए। केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७, २८ काठमाडौँमा बस्ने भएको छ।

प्रकाशित: ४ पुष २०८२ १६:३६ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast