एनपीएल दोस्रो सिजनमा पहिलो क्वालिफायर सुरु

हिमाल प्रेस २३ मंसिर २०८२ १६:१९
14
SHARES
एनपीएल दोस्रो सिजनमा पहिलो क्वालिफायर सुरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा पहिलाे क्वालिफायर सुरु भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्दैछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दैछ।

लिग चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो। ४ ओभरको समाप्तिमा सुदूरपश्चिम रोयल्सले एक विकेट गुमाएर ३२ रन बनाएको छ।

प्रकाशित: २३ मंसिर २०८२ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast