काठमाडौँ- नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने भएको हो।
बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूमा अधिकांश अध्यक्ष ओली पक्षधर नेताहरू निर्वाचित भएका छन्।
अध्यक्ष पदमा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो।
प्रकाशित: ४ पुष २०८२ ७:३१
प्रतिक्रिया




