काठमाडौँ- नेपाल शिक्षक महासंघ, राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामुदायिक विद्यालयका कर्मचारीको तलब र अवकाशपछिको सुविधालगायत विषयमा अर्थमन्त्री रामेश्वर खनालसँग कुराकानी भएको बताएका छन्। मंगलबार शिक्षक महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएको हो।
गत वैशाख १७ गते सरकार र महासंघबीच ९ बुँदे सहमति भएको थियो। ९ बुँदे सहमतिलाई १७ वैशाखकै मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो।
९ बुँदे कार्यान्वयनका विषयमा अर्थमन्त्री खनालसँग गम्भीर कुराकानी भएको बताउँदै अध्यक्ष सुवेदीले वैशाख १७ गतेकै मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार शिक्षकको ग्रेड र तलब समायोजन, स्थानीय भत्ताको व्यवस्थाको विषयमा पनि छलफल भएको बताए।
उक्त विषयहरूमा अर्थमन्त्री खनालले सकारात्मक कुरा गरेको अध्यक्ष सुवेदीको भनाइ छ।
विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको चेतावनी
‘विद्यालय कर्मचारीको सेवासुविधा रोक्ने शिक्षा र अर्थ मन्त्रालयकै कर्मचारीहरू हुन्’



