पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात

हिमाल प्रेस ७ पुष २०८२ २१:२०
14
SHARES
पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा व्यापार घाटा बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ८३ अर्ब रुपैयाँ थियो।

यस अवधिमा आयात १५.८३ प्रतिशतले बढेर सात खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ खर्ब ६१ अर्ब ४९ करोड रुपैयाँ थियो। समग्र व्यापारमा आयातको हिस्सा अझै पनि ठूलो रहे तापनि आयात द्धि दर निर्यातको तुलनामा भने कम देखिएको छ।

समीक्षा अवधिमा निर्यातमा निकै उत्साहजनक सुधार देखिएको छ। निर्यात ५८.१७ ले बढेर ११ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्ष सात खर्ब ३६ अर्ब रुपैयाँ थियो।

नेपालको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर आठ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुल व्यापार सात खर्ब ३५ अर्ब रुपैयाँ थियो।

निर्यात वृद्धि दर आयातको तुलनामा बढी भएकाले आयात-निर्यात अनुपातमा पनि सुधार आएको छ। यो अनुपात ८.९८ बाट घटेर ६.५८ मा झरेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ।

प्रमुख आयात र निर्यात वस्तुहरू

यस अवधिमा कच्चा भटमासको तेल नेपालको सबैभन्दा ठूलो आयातित वस्तु बनेको छ। नेपालले ४६ अर्ब ९७ करोड रुपैयाँको कच्चा तेल आयात गरेको छ। यसैगरी ४५ अर्ब ६० करोड रुपैयाँको डिजेल, २७ अर्ब  ३३ करोड रुपैयाँको पेट्रोल, २२ अर्ब ३९ करोड रुपैयाँको खाना पकाउने ग्यास (एलपीजी) र २१ अर्ब  ८४ करोडको स्पन्ज आइरन आयात भएको छ।

निर्याततर्फ भने भटमासको तेल शीर्ष स्थानमा छ। नेपालले ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ। त्यसैगरी पाँच अर्ब ५३ करोडको अलैँची, चार अर्ब १३ करोडको गलैँचा, तीन अर्ब ७३ करोडको सूर्यमुखी तेल र दुई अर्ब ७३ करोडको जुटजन्य वस्तु निर्यात भएका छन्।

प्रमुख व्यापारिक साझेदारहरू

नेपालको सबैभन्दा ठूलो आयात बजारका रूपमा भारत कायमै छ। समीक्षा अवधिमा भारतबाट चार खर्ब ३४ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। दोस्रोमा चीन (एक खर्ब ६३ अर्ब), तेस्रोमा अर्जेन्टिना (४४ अर्ब ५६ करोड), चौथोमा संयुक्त अरब इमिरेट्स (२३ अर्ब ४५ करोड) र पाँचौँमा अमेरिका (१० अर्ब ३५ करोड) रहेका छन्।

निर्याततर्फ भारत नेपालको सबैभन्दा ठूलो बजार हो, जहाँ ९५ अर्ब रुपैयाँ बराबरको नेपाली सामान निर्यात भएको छ। त्यसैगरी अमेरिकामा सात अर्ब, जर्मनीमा दुई अर्ब, बेलायतमा एक अर्ब अर्ब र फ्रान्समा ९६ करोड रुपैयाँ बराबरको सामान निर्यात गरिएको छ।

प्रकाशित: ७ पुष २०८२ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast