सिरियाको मस्जिदमा विस्फोट, नमाज पढिरहेका ८ जनाको मृत्यु

हिमाल प्रेस ११ पुष २०८२ २०:३९
18
SHARES
सिरियाको मस्जिदमा विस्फोट, नमाज पढिरहेका ८ जनाको मृत्यु

काठमाडौँ- सिरियाको होम्स प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। घटनाम २० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार होम्स प्रान्तको अल–दहाब क्षेत्रस्थित मस्जिदमा नमाजका लागि ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला भएका बेलो विस्फोट भएको थियो।

विस्फोट भएको क्षेत्र अलावी समुदायको बाहुल्यता रहेको क्षेत्र मानिन्छ।

सिरियाली सरकारी सञ्चारमाध्यमले प्रारम्भिक अनुसन्धालाई उद्धृत गर्दै जनाएअनुसार मस्जिदभित्रै विस्फोटक उपकरण ‘आईईडी’ राखिएको थियो।

विगत केही सातादेखि होम्स क्षेत्रमा हत्या र हिंसाका घटनाहरूमा वृद्धि भएको छ। स्थानीय बासिन्दाहरूले सुरक्षा व्यवस्था अत्यन्तै कमजोर भएको भन्दै सुरक्षा बढाउन माग गरिरहेका छन्।

सिरियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति बशर अल–असदलाई गत वर्ष विद्रोहीहरूको आक्रमणपछि पदच्युत गरिएसँगै देशमा साम्प्रदायिक हिंसाका घटनाहरू बढ्दै गएका छन्।

अपदस्थ राष्ट्रपति असद अलावी समुदायका थिए, जसका कारण यो समुदाय अहिले तारो बनिरहेको छ।

प्रकाशित: ११ पुष २०८२ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast