बंगलादेशमा सामुहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरू

हिमाल प्रेस २१ मंसिर २०८२ २०:३३
22
SHARES
बंगलादेशमा सामुहिक हत्या गरी गाडिएका  चिहान उत्खनन सुरू

काठमाडौँ– बंगलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका शवहरूको उत्खनन सुरू गरेको छ। प्रहरीले प्रदर्शनका क्रममा हत्या गरिएकाहरूको सामूहिक चिहानको उत्खनन सुरू गरेको हो।

परिवारको सहमतिविना गाडिएका करिब १२४ शव रहेको बताइएको छ। विद्यार्थी आन्दोलनबाट सुरू भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो।

संयुक्त राष्ट्रसंघको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाईमा चिहानको उत्खनन् हुने बताइएको छ।

ती शवहरूलाई ढाकाको रेयरबजार कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले सन् २०२४ जुलाईमा ८० र अगस्टमा मा अन्य ३४ लावारिस शवहरू व्यवस्थापन गरेको थियो।

संयुक्त राष्ट्रसंघले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

गत महिना मानवता विरुद्धको अपराधको लागि बंगलादेशको एक अदालतले उनलाई दोषी ठहराएको थियो।

अपराध अनुसन्धान विभाग (सीआईडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ बेवारिसे शवहरू रहेको विश्वास गरेको बताए।

बाहिर निकालेका शवको पोस्टमार्टम परीक्षण र डीएनए परीक्षण गरिनेछ। यो प्रक्रिया पूरा हुन केही हप्ता लाग्ने बताइएको छ।-रासस/एएफपी

प्रकाशित: २१ मंसिर २०८२ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast