किसानका खेतखेतमा विद्युत् पुग्नुपर्छ : घिसिङ

हिमाल प्रेस ६ पुष २०८२ १९:५७ | Sunday, December 21, 2025
28
SHARES
किसानका खेतखेतमा विद्युत् पुग्नुपर्छ : घिसिङ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्।

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुने गरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्ने बताएका हुन्। विकासको नाममा जथाभावी लगानी गरिएको उल्लेख गर्दै उनले विकासलाई प्राथमिकताका आधारमा अगाडि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौं रुपैयाँको लगानीले देश समृद्ध नबन्ने बताए।

यसैबीच पश्चिम नवलपरासीको विभिन्न ठाउँमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिए। प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै उनले टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गराई विद्युत् उत्पादन बढाउन निर्देशन दिए। मन्त्री घिसिङले भने, ‘समृद्ध देश बनाउन र सुशासन कामय गर्न नेतृत्वको सही चयन गर्नुपर्छ।’ रासस

प्रकाशित: ६ पुष २०८२ १९:५७ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast