बंगलादेशमा चुनावको घोषणा

हिमाल प्रेस २५ मंसिर २०८२ २१:२७
20
SHARES
बंगलादेशमा चुनावको घोषणा

काठमाडौँ- बंगलादेशमा आम निर्वाचनको घोषणा भएको छ। बंगलादेशको निर्वाचन आयोगले चुनावको घोषणा गरेको हो। मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले राष्ट्रलाई सम्बोधन गर्दै आगामी १२ फेब्रुअरीमा चुनाव हुने जानकारी दिए।

यसपटक जनमतसंग्रह पनि सोही दिन हुने भएकाले मतदानको समय एक घन्टा बढाइएको छ।

यो चुनाव पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलोपटक हुन लागेको हो।

चुनावका लागि नामांकन दर्ता गर्ने अन्तिम मिति डिसेम्बर २९ र नामांकनपत्रहरूको समीक्षा डिसेम्बर ३० देखि जनवरी ४ सम्म जारी रहने आयोगले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८२ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast