झोलुंगे पुलबाट लडेर एक वृद्धाको मृत्यु

हिमाल प्रेस २२ मंसिर २०८२ ९:३७
12
SHARES
झोलुंगे पुलबाट लडेर एक वृद्धाको मृत्यु

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकामा झोलुंगे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ।

आइतबार साँझ साँगुरीगढी गाउँपालिका–४ लेउती खोला स्थित झोलुंगे पुलबाट खोलातर्फ झर्ने क्रममा अचानक चिप्लिएर खस्दा साँगुरीगढी गाउँपालिका–६ निवासी ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले टोली तथा थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिए।

घटनाबारे थप आवश्यक अनुसन्धान कार्य जारी रहेको कार्कीले जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०८२ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast